कांग्रेस अर्घाखाँचीको सय दिने अभियान सुरू

कांग्रेस अर्घाखाँचीको सय दिने अभियान सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले पाटीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले अर्घाखाँचीमा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय गौतमलाई खटाएको छ । 

अर्घाखाँचीमा खटिनुभएका प्रतिनिधिसभा सदस्य संजय गौतमले जिल्लामा चुनावमा पराजित भएर छिन्नभिन्न भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागिपर्ने बताए । अभियानका लागि  अर्घाखाँची कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई  ६ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाएको  नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले बताएका छन् । 

सय दिनको अभियानका क्रममा कार्यालयलाई व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि  सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने,सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम वडावडामा हुने कांग्रेस जिल्ला सचिव अच्युत गौतमले जानकारी दिए ।

यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले बताए  । 

तीन महिना सञ्चालन हुने अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ । कार्यक्रममा पूर्व केन्द्रीय आमन्त्रित सदस्य महेन्द्र भुसाल ,लुम्बिनी प्रदेशका उप सभापति भुवन श्रेष्ठ, जिल्ला सभापति केशब श्रेष्ठ, पुर्व सभापतिद्धय पिताम्बर भुसाल ,कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उप सभापति बाबुराम पौडेललगायतले मन्तव्य राखेका थिए ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.