हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण, २२ हजार बढी संक्रमित,११ जनाको मृत्यु

हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण, २२ हजार बढी संक्रमित,११ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८,चितवनमा १ हजार २९,ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४,कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ।

यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५३१,बागमतीमा ७ हजार ७६८,कोशीमा १ हजार ६४६,लुम्बिनीमा १ हजार ३४८, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण देखिएको छ। कर्णालीमा ३०० र मधेश प्रदेशमा ४२४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.