नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार
काठमाडौं : लगातार दुई दिनदेखि घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। आज सूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ।
यसदिन ३१४ स्क्रिप्सको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा खरिदबिक्री भए। सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ।
यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्। आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेको थियो।