प्रतिष्ठानहरूको काममा एकरुपता हुन जरुरी छ : मन्त्री पाण्डे

प्रतिष्ठानहरूको काममा एकरुपता हुन जरुरी छ : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरूको काममा एक रुपता हुन जरुरी रहेको औंल्याएका छन्। मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

'बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । मन्त्री पाण्डेले भने,'कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन् । कहिँ कानुनको अभाव त कहिँ भवनहरूको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरूलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ । '

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकिर गरे।  उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनुपर्नेमा जोड दिए।  मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत जिकिर गरे।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सातवटै प्रदेशमा ललितकला प्रदर्शनीहरू गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरूले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए । 

साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभावलगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.