बस दुर्घटनामा घाइते भएका पण्डितको मृत्यु

बस दुर्घटनामा घाइते भएका पण्डितको मृत्यु
सुन्नुहोस्

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाका घाइते मोटरसाइकल चालकको मंगलबार मृत्यु भएको छ। यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते स.५ प.१५९३ नम्बरको मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–१ का २५ वर्षीय सुमित पण्डितको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ तीव्र गतिमा जाँदै गरेको प्र.१–०१–००१ ख ४१२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल गत आइतबार ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो। बस पल्टिदा बसमा सवार धनकुट्टा साँगुरीगढी गाउँपालिका–४ का ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते पण्डितलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात् तत्कालै विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते ८ जनालाई उपचारका लागि विराटनगर पठाइएको थियो। अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भएको छ।

विराटनगरमा उपचाररत अन्य घाइतेहरुको उपचार भइरहेको र उनीहरूको अवस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.