नेपालमा यूएनएचसीआरको नयाँ प्रतिनिधिका रूपमा मोनिक सोखान‌ले गरिन पदभार ग्रहण

नेपालमा यूएनएचसीआरको नयाँ प्रतिनिधिका रूपमा मोनिक सोखान‌ले गरिन पदभार ग्रहण
सुन्नुहोस्

काठमाडौं : शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआरले नेपालका लागि नयाँ प्रतिनिधिका रूपमा मोनिक सोखानले पदभार ग्रहण गरेकी छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आज ओहोदाको प्रमाणपत्र पेश गरी नेपालमा युएनचएसीआर प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हालेकी हुन्। 

पदभार ग्रहण गर्दै उनले भनिन, ‘यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको लामो इतिहास छ। यी वर्षहरूमा मानवता र करुणाको मर्मलाई आत्मसात् गर्दै संघर्ष र उत्पीडनबाट विस्थापित लाखौँ मानिसहरूको जीवन सहजताका लागि हामीले अथक सहकार्य गर्दै आएका छौं। नेपालका जनताले विभिन्न चुनौतीका बाबजुद शरणार्थीको संरक्षण गर्ने र उनीहरूको कठिनाइको समाधान खोज्ने अनुकरणीय परम्परा स्थापित गरेका छन्। म शरणार्थीहरू र यूएनएचसीआरले सहयोग गर्ने अन्य व्यक्तिहरूको हित र कल्याणसँग सम्बन्धित बाँकी रहेका सवालहरूको समाधानका लागि नेपाल सरकार र सबै पक्षहरूसँग रचनात्मक संवाद र सहयोगलाई निरन्तरता दिन पूर्ण प्रतिबद्ध छु।’

कम्बोडिया र फ्रान्सकी नागरिक सोखान यूएनएचसीआरको बैंककस्थित एसिया तथा प्रशान्त ब्यूरोमा क्षेत्रीय वरिष्ठ संरक्षण संयोजकको कार्यकाल पूरा गरी नेपालमा यूएनएचसीआर प्रतिनिधिका रूपमा आएकी हुन्। सोखानले २५ वर्षभन्दा बढी थाइल्याण्ड, कम्बोडिया, पश्चिम टिमोर (इन्डोनेसिया), मङ्‌गोलिया, बोस्निया-हर्जेगोभिना, सुडान, आइभोरी कोस्ट, हङकङ, इथियोपिया, हैटी र लेबनानमा मानवीय र शरणार्थी मुद्दामा काम गरेकी छन्। 

उनीसँग जेनेभास्थिति यूएनएचसीआरको प्रधान कार्यालयमा अफ्रिकाका लागि क्षेत्रीय ब्यूरोमा र कम्बोडियाको न्यायालयको विशेष न्यायाधिकरणमा रहेर काम गरेको पनि अनुभव छ। यूएनएचसिआरमा आबद्ध भएपछि सोखानले शरणार्थी तथा राज्यविहीन मानिसहरुको संरक्षण गर्न र जबरजस्ती विस्थापनको दिगो समाधान खोज्नमा केन्द्रित हुँदै आएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.