दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा जब बम भएको सूचना आयो...

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा जब बम भएको सूचना आयो...

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको आशंका गरिएपछि विमानस्थलले आवश्यक सतर्कता अपनाएको छ। मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको  युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थल स्रोतले जनाएको छ। यद्दपि विमानस्थलबाट हुने जहाजहरुको उडान र अवतरण भने रोकिएको छैन।

दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो। अहिले प्रहरीले भिस्तारा एयरलाइन्सबाट आएका यात्रुहरूको सुरक्षा जाँच गरिरहेको छ। विमानस्थल स्रोतले भन्यो,'यात्रु र विमानको आवश्यक सुरक्षा जाँच गरेपछि मात्रै वास्तविकता थाहा हुन्छ। हामी अहिले सुरक्षा जाँच गरिहेका छौं।'

उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे अवतरण भएको हो। 

पछिल्लो समयमा भारतीय विमान सेवामा बम राखिएको धम्कीको संख्या बढिरहेको छ। ठूलाजसो सबै विमान कम्पनीले बम भएको धम्की खेप्दै आएका छन् ।

केही दिनअघि अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको थियो। दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो। उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

यस्तै  मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो। तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएको थिएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.