कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत

कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत
सुन्नुहोस्

जोमसोम : कालिगण्डकी गण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ। आयोजनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को असार अन्तिमसम्ममा कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत पुगेको जनाइएको छ।

राष्ट्रिय गौरवको कोरला सडक आयोजना २०७३ मंसिर ८ गते सुरु भई निर्माण अघि बढाइएको थियो। पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको उत्तरी कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति तथा पुलपुलेसा निर्माणका लागि कुल १० अर्ब बजेट विनियोजन गरिएको थियो। आयोजना सुरुवातीदेखि गत आर्थिक वर्षको असारसम्ममा ७ अर्ब बजेटको ठेक्का लगाइसकेको छ।

नेपालको दक्षिणी भु-भागलाई उत्तरी भुभागसंग हरेक मौसममा सवारी साधन चल्ने सडक सञ्जालबाट जोड्ने  र सडक सञ्जालकै माध्यमबाट नेपाल चीन कोरलानाका संञ्चालनमा ल्याउने गरी राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको परिकल्पना गरिएको हो। 

आयोजना प्रमुख धुव्र झाका अनुसार राष्ट्रिय गौरव २०२ किलोमिटर सडक निर्माणकार्य आर्थिक वर्ष २०७९/०८० सम्ममा सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो। तर, सडक निर्माणमा देखिएका विभिन्न समस्या र प्राकृतिक विपद् लगायतका चुनौती रहेकाले आयोजनाको संशोधित सम्पन्न अवधि थप भएको छ। उनले पछिल्लो आकलन अनुसार आर्थिक वर्ष २०८२/०८३ सम्ममा आयोजनाको काम सम्पन्न हुने बताए


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.