माओवादी केन्द्रको एसिया महादेश संगठन समितिले गर्‍यो बाढीपीडितलाई आठ लाख बढी सहयोग

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिले गर्‍यो बाढीपीडितलाई आठ लाख बढी सहयोग
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाखभन्दा बढी सहयोग गरेको छ। समितिले आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको हो।

समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको छ। समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेका थिए। 

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिए। नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए। 

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशव्यापी रूपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गरे। 

उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरूको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेको पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइ सकिएको र हिजोसम्म आउँदा विपक्षी दलहरूको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए।  

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरूले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.