लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ
सुन्नुहोस्

पोखरा : लागूऔषधसहित पोखराबाट २ जना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-५ का ३० वर्षीय बल बहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका-४ का ३५ वर्षीय नर कुमारी घर्ती रहेका छन्। 

पोखरा महानगरपालिका-२५ हेम्जामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँज गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो। 

घर्तीले टोपीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए। 

लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.