भिस्तारा एयरलायन्सको जहाजमा भेटिएन बम

भिस्तारा एयरलायन्सको जहाजमा भेटिएन बम

काठमाडौं : भिस्तारा एयरलायन्सको जहाजमा शंकास्पद् बस्तु फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए।

'सर्च अपरेशनमा केही भेटिएन। सबै कुरा नर्मल पायौं। हल्ला गरेजस्तो केही भेटिएन,' अन्नपूर्णसँग उनले भने। शंकास्पद् बस्तु फेला नपरेपछि भिस्तारा एयरलायन्सको VTI155 कलसाइन भएको एयरबस नयाँ दिल्ली फर्किने तयारी गरेको छ।

बमको सूचना आएपछि नेपाली सेनाको टोलीले जहाजमा सवार यात्रु, यात्रुका लगेज र जहाजको समेत परीक्षण गरेको थियो। सुरक्षाकर्मीले कुकुरसहितको टोली परिचालन गरेर सर्च अपरेशन गरेको थियो। चेकजाँचमा केही नभेटिएपछि यात्रुहरूलाई पनि लगेज दिएर पठाएको प्रवक्ता शेर्पाको भनाइ छ।

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको UK155 उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको थियो। दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो। उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.