दिल्ली उड्यो भिस्तारा एयरलायन्सको जहाज

दिल्ली उड्यो भिस्तारा एयरलायन्सको जहाज
सुन्नुहोस्

काठमाडौं : भिस्तारा एयरलायन्सको जहाज दिल्ली फर्किएको छ। मंगलबार साँझ ८:२६ मिनेटमा उक्त जहाज दिल्ली प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

बम रहेको सूचना आएपछि काठमाडौं अवतरण गरेसँगै जहाजमा सवार यात्रु, लगेजको चेकजाँच गरिएको थियो। नेपाली सेनाको टोलीले कुकुरसहितको टोली परीक्षण गरेर चेकजाँच गरेको विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले बताए।

उनका अनुसार चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला परेन। शंकास्पद् बस्तु फेला नपरेपछि उक्त विमान यात्रुसहित दिल्ली प्रस्थान गरेको उनले बताए। 

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको थियो। दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो। उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.