पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गरिदिन ज्ञापनपत्र पेश

पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गरिदिन ज्ञापनपत्र पेश
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिकाले बाढी–पहिरो प्रभावितलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गरिदिन संघीय सरकारलाई ज्ञापनपत्र पेश गरेको छ।

मंगलबार बाढीपहिरोले क्षति पुर्‍याएको बनेपा–सिन्धुली–बर्दीबास (बीपी) राजमार्ग तथा खुर्कोट–मन्थली सडक अन्तर्गत पर्ने सुनकोशी नदीको खुर्कोट पुलमा बेलीब्रिज निर्माणको अनुगमन तथा निरिक्षणका लागि खुर्कोटमा आइपुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई गाउँपालिकाले ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो।

गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्त रूपमा मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै बाढीपहिरोका कारण क्षतविक्षत भएका भौतिक संरचनाको पुनर्निर्माण र विस्थापितहरूको पुनर्स्थापनाका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन माग गरेका हुन्।

ज्ञापनपत्रमा भनिएको छ, ‘गत असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गोलन्जोर गाउँपालिकास्थित निजी आवास, खुर्कोट बजार, पुल, विद्यालय भवन, सिंचाई, खानेपानी, खेतियोग्य जमिनका साथै ग्रामिण सडकहरूलगायत सार्वजनिक स्थलहरूमा करोडौंको क्षति पुर्‍याएको हुँदा नेपाल सरकारबाट संकटग्रस्त गाउँपालिकाको सूचिको (क) बर्गमा राखी पुनर्स्थापना र पुनर्निर्माणमा अधिकतम बजेटको व्यवस्थापन गरिदिनु हुन माग गर्दछौं।’

सरकारले गोलन्जोर गाउँपालिकालाई संकट ग्रस्त गाउँपालिकाका रुपमा घोषणा गरेको भएपनि (क) वर्गमा उल्लेख गरेको छैन। जवाफमा मन्त्री दाहालले बाढी पहिरो प्रभावितहरूको पुनर्स्थापना र भौतिक पूर्वाधारको पुनर्निर्माण सरकार गम्भीर रहेको र तत्काल प्रक्रिया अघि बढाइने उल्लेख गरेका थिए।

खुर्कोटस्थित बजारका दर्जनौं घर तथा होटलहरू, सशस्त्र प्रहरीको अस्थायी विपद् व्यवस्थापन क्याम्प, नेपाल प्रहरी, ट्राफिक प्रहरी, राफ्टिङ हाउस, विद्यालय, मध्यपहाडी लोकमार्ग, पाँच वटा विद्यालय लगायतका भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।

यस्तै सुनकोशी नदिस्थित खुर्कोट रामेछाप पक्की पुल, खुर्कोट झोलुंगे पुल, ग्वाल्टारको कुडुले–रामेछाप जोड्ने झोलुंगे पुल, रातमाटा बेलघारी रामेछाप जोड्ने झोलुंगे पुल र गोलन्जोर कुखुरेटार–रामेछाप जोड्ने झोलुंगे पुलमा सुनकोसी नदीमा आएको बाढीले क्षति पुर्‍याएको छ।

यस्तै गोलन्जोर ग्वाल्टार–रामेछाप जाने झोलुंगेपुल, गोलन्जोर बलेनी–रामेछाप जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.