प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक
फाइल तस्बिर ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सत्तारुढ दलको बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आज ओली सरकार बनेको १०० दिन पुगेको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। यो विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस-एमालेले मुलुकका समस्या समाधान नगरी सरकार टिकाउने ध्यानमा लागेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका थिए । जवाफमा ओलीले अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना नभएको जवाफ दिएका थिए। उनले भने, ‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.