दमकमा जग्गासम्बन्धी विवाद, एक जनाको कुटपिट गरी हत्या

दमकमा जग्गासम्बन्धी विवाद, एक जनाको कुटपिट गरी हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको दमकमा जग्गासम्बन्धी विवादको क्रममा कुटपिट गरी एक जनाको हत्या गरिएको छ । दमक नगरपालिका–९ निवासी ३२ वर्षीय देशु भनिने यामु निरौलाको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटनामा संलग्न भएका व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 
मंगलबार दिउँसो अन्दाजी ४ बजेको समयमा दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको थियो । 

निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि तत्काल आम्दा अस्पताल दमक पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । 
दुई जनाले निरौलालाई लात्ती तथा मुड्की प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको डीएसपी चन्दले बताए । उनीहरूको पहिचान भने खुलेको छैन । 

प्रारम्भिक अनुसन्धानको क्रममा घटना जग्गा विवादकै कारण भएको हो । ‘जग्गा कसको र किन विवाद भएको बारेमा अझै खुल्न बाँकी छ,’ उनले भने । निरौलाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.