प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.३९ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.३९ अंकले बढेको छ। साताको चौथो कारोबार दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक ९.३९ अंकले बढेर २६७५.२० विन्दुमा पुगेर बन्द भएको हो।
यो समयमा ५५ स्क्रिप्सको ३५ हजार ७७२ कित्ता सेयर १ करोड ६३ लाख ८८ लाख ६४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३३ स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा पुगेको थियो। सो दिन ४ अर्ब १७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।