सरकारको समीक्षा र आगामी कार्ययोजना पर्सी सार्वजनिक गर्ने सत्तारुढ दलको निर्णय

सरकारको समीक्षा र आगामी कार्ययोजना पर्सी सार्वजनिक गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौं : सत्तारुढ दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका कामको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको छ। 

आज बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले पर्सि बैठक बसेर दलको दृष्टिकोण सार्वजनिक गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल महासचिव पोखरेलले बताए।

सरकारमा रहेका राजनीतिक दलका तर्फबाट सरकारले गरेका काम र सामूहिकरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले आवश्यक निष्कर्ष निकाल्ने उनको भनाई छ। 

उनले सरकारको १०० दिनको उपलब्धि प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे दिने जानकारी गराए। पोखरेलले सहकारीको विषयमा ५ राजनीतिक दलको सहमतिमा संसदले छानबिन समिति गठन गरेर प्रतिवेदन निर्माण गरेको स्मरण गराए। उनले सहमतिमै प्रतिवेदन तयार गरेकाले संसदको निर्देशन अनुरुप प्रतिवेदन कार्यान्वयन अगाडि बढिरहेको धारणा राखे। 

उनले भीड जम्मा गरेर न्याय निरोपणमा असर गर्ने कार्य नगर्न रास्वपाका कार्यकर्तालाई आग्रह गरे। उनले स्वतन्त्र र निष्पक्ष रुपमा न्याय निरोपण हुने विश्वास व्यक्त गरे। उनले भने, ‘छानबिन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुन्छ। फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.