सत्तारुढ दलहरूको रास्वपालाई आग्रह  : सडकमा भीड जम्मा गरेर अनुसन्धानलाई प्रभावित गर्ने काम नगरौं

सत्तारुढ दलहरूको रास्वपालाई आग्रह  : सडकमा भीड जम्मा गरेर अनुसन्धानलाई प्रभावित गर्ने काम नगरौं

काठमाडौं : सत्तारुढ दलहरूले सडकमा  अनावश्यक भीड जम्मा गरेर अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका  छन्।  बुधबार  बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान र छानविन भइरहेका बेला अदालत र सरकारलाई प्रभावित पार्नेगरी विरोध प्रदर्शन उचित नभएको निष्कर्ष निकालेको हो।

संसदीय छानबिन समितिमा सम्मिलित राजनीतिक दलहरूले नै सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिनु नैतिक हिसाबले उचित नभएको बैठकले ठहर गरेको हो।

बैठकपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले  संसदीय छानविन समितिले तयार पारेको प्रतिवेदनका आधारमा रास्वपा सभापति लामिछाने पक्राउ परेको र यसको विरोध गर्नुमा कुनै तूक नभएको बताए।

'संसदीय छानविन समितिले तयार पारेको प्रतिवेदनका आधारमा  र त्यो प्रतिवेदनले संसदका तर्फबाट कार्यान्वयनका लागि सरकारलाई दिएको निर्देशनका आधारमा छानविनको प्रक्रिया अगाडि बढेको छ। त्यो छानविन समितिमा अहिले सत्तामा रहेका दुई राजनीतिक दल र विपक्षीमा रहेका तीन राजानीतिक दल सम्मिलित थिए। जुन हिसाबले अहिले छानविन समितिका सन्दर्भमा जुन प्रश्न उठाइएको छ । यो ठिक छैन,'उनले भने,' छानविन समितिमा रहेका राजनीतिक दलहरूले यसका बारेमा प्रश्न उठाउने कुरा नैतिकरुपमा उचित कुरा होइन। लामो अनुसन्धानपछि सहमतिकै आधारमा  प्रतिवेदन तयार भएको र त्यसका आधारमा अनुसन्धान सुरू भएको हो। '

छानविन र न्याय निरुपणको आ-आफ्नो विधि र प्रक्रिया हुने बताउँदै उनले छानविनको प्रक्रिया र अदालतलाई समेत प्रभावित पार्ने गतिविधि गर्ने कुरा लोकतान्त्रिक हिसावले उचित नहुने तर्क गरे। उनले भने,' छानविनको प्रक्रिया अगाडि बढिरहेको बेलामा सडकमा भीड जम्मा गरेर छानविनको प्रक्रियालाई नै प्रभावित गर्ने, अदालतलाई समेत प्रभावित पार्ने गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन। अर्को कुरा फौजदारी अभियोगमा छानविन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित पार्ने काम उचित होइन। संसदले नै छानबिन गर्नका लागि  निर्देशन दिएको अवस्थामा छानविन अगाडि बढेको कुरालाई सहज रुपमा लिनुपर्छ।'

उनले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने खालका कुनै पनि क्रियाकलाप नगर्न रास्वपाका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।  'नेपालको लोकतान्त्रिक प्रक्रियामा यस प्रकारको गलत प्रक्रिया विगतमा भएको थिएन। नयाँ भनिएका राजनीतिक दलहरूले जुन प्रकारको संस्कार प्रस्तुत गर्ने प्रयत्न गरिरहेका छन् यसले लोकतन्त्रलाई विफल बनाउने काम गर्छ,'उनले भने,'यसकारण रास्वपाका नेता तथा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु ,लोकतान्त्रिक प्रक्रियालाई ,कानुनी राज्यको अवधारणलाई कमजोर पार्ने हिसाबले कुनै प्रकारका गतिविधि नगर्न र छानविनको प्रक्रियालाई सघाउन आग्रह गर्दछु।'

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ताहरूले पोखरामा दिनहुँजसो विरोध प्रदर्शन गरिरहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.