हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी

हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी
सुन्नुहोस्

काठमाडौं : हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। यस कोरियाली कार उत्पादन कम्पनी सन् २०२४ मा इन्टरब्रान्डले बेस्ट ग्लोबल ब्रान्डमा विश्वको मूल्यवान् कम्पनीको सूचीमा ३०औं स्थानमा परेको हो। हुन्डाई मोटर पाँच वर्षअघि ३६औं स्थानमा थियो।

यस अवधिमा यसको ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि भएको इन्टरब्रान्ड ग्लोबल ब्रान्डले जनाएको छ। इन्टरब्रान्ड ग्लोबल ब्रान्डले मुख्य बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्दै आएको छ। यसअघि कम्पनीले अल्र्ड कार अवार्ड २०२४ मा वल्र्ड पर्फमेन्स कारको उपाधि पनि पाएको थियो। 

हुन्डाईको सीकेडी एसेम्बल प्लान्ट नेपालमा पनि सञ्चालनमा आइसकेको छ। नेपालका लागि हुन्डाई मोटरको बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले उक्त एसेम्ब प्लान्ट यसै वर्षको वैशाखदेखि सञ्चालनमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.