पैसा नदिए कम्पनीमा बम बिष्फोट गर्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

पैसा नदिए कम्पनीमा बम बिष्फोट गर्ने धम्की दिएको आरोपमा एक जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : एसएमएसमार्फत  धम्की दिई पैसा मागेको अभियोगमा आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  बम बिष्फोट गरी ध्वस्त दिँदै रकम माग गरेपछि सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

उनले चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको प्रहरीको भनाई छ। 
प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो । 

उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली अनुसन्धान भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.