न्यूरो उपचार केन्द्रका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन

न्यूरो उपचार केन्द्रका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशिष्टकृत न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ।

समितिमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइ संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव छन्। 

न्यूरोसँग सम्बन्धित रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता बिरामीका लागि छुट्टै उपचार केन्द्र स्थापना गर्न समिति गठन भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.