प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका-३, बलुवाका २० वर्षीय नासिम शेख रहेका छन्। 

दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्ट स्थित विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज १९१० नम्बरको टाटा सुमोमा आएका उनलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।  

उनको साथबाट नुफिन ५९३ एम्पुल, फेनारगन ५०० एम्पुल र डाईजेपाम ६८८ एम्पुल जम्मा १७८१ एम्पुल लागूऔषध फेला परेको थियो। उनलाई पक्राउ गरेर प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.