सूर्योदयमा ‘चियाबारी पदमार्ग’को खोजी

सूर्योदयमा ‘चियाबारी पदमार्ग’को खोजी
सुन्नुहोस्

इलाम : इलामको सूर्योदय नगरपालिकाका ६ वटा वडालाई समेटेर चियाबारी पदमार्ग निर्माण गर्न प्रारम्भिक सर्वेक्षण सुरु भएको छ। 

नगरका १४ वडामध्ये ६ वडा समेटेर दाता र संघ, प्रदेश र स्थानीय सरकारको समेत लागत साझेदारीमा पदमार्ग बनाउन लागिएको हो। 

सूर्योदय नगरपालिका-७ कन्यामबाट सुरु भएको सर्वेक्षणका क्रममा वडा नम्बर ८ को शान्तिचोक मानेडाँडा स्थित निर्माणाधीन सिसाको पुल हुँदै फिक्कलको लाप्चा गुम्बा, कजेनी, श्रीअन्तु र समाल्बुङलाई जोड्ने मार्ग निर्माणका लागि सर्वेक्षण भइरहेको सूर्योदय नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जंगबहादुर गुरुङले जानकारी दिए।  

चियाबारीको दृष्य अवलोकन गर्दै यात्रा गर्न सकिने करिब २५ किलोमिटर लामो पदमार्गले सूर्योदयको वडा नम्बर ४,५,७,८,९,१० वडा समेट्ने जनाइएको छ।  

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत ग्रामीण पर्यटन विकासमा सहयोग गर्ने सूर्योदय नगरपालिका-७ का वडाध्यक्ष लोकबहादुर राईले बताए। चियाबारी पदमार्ग सम्पन्न गर्नका लागि स्वीस सरकार र तीन तहका सरकारको गरी आर्थिक वर्ष २०८१/८२ मा २३ लाख रुपैयाँ रकम विनियोजन भएको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.