करणी कसुरका फरार युवक पक्राउ

करणी कसुरका फरार युवक पक्राउ
सुन्नुहोस्

नुवाकोट : जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा फरार युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विदुर नगरपालिका-१३ कल्याणपुरका २३ वर्षीय मिलन खड्का रहेका छन्। 

गत २०८० साल चैत्र १९ गते राति ११ बजेको समयमा परिवर्तित नाम नुवाकोट-२५ (१८) लाई जबरजस्ती करणी गरेको अभियोगमा फरार रहेका खड्कालाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

खड्काले रातिको समयमा पीडितको कोठामा गई डर, त्रास, धाकधम्की देखाई जबरजस्ती करणी गरी फरार गरेकोमा खोजतलास गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका-९ गोंगबुमा लुकिछिपी बसी रहेको अवस्थामा पक्राउ गरी अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

घटनामा नुवाकोट जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भई फरार रहेका खड्कालाई नुवाकोटको विदुर ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भारतीले बताए। युवक खड्कालाई नुवाकोट जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप अनुमति लिई जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.