टी-२० क्रिकेट

कुशल भुर्तेलको छलाङ

कुशल भुर्तेलको छलाङ
सुन्नुहोस्

काठमाडौं : आईसीसी टीटवेन्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपालका आक्रामक ब्याटर कुशल भुर्तेलले छलाङ मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटपरिषद् (आईसीसी) ले बुधबार जारी गरेको नयाँ वरीयाताको टीट्वेन्टी ब्याटिङमा कुशल एकै पटक ३१ स्थान सुधार गर्दै ९९ औं स्थानमा उक्लिएका हुन्।

सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले आक्रामक खेलाडीको छवि बनाएका छन्। ब्याटिङतर्फ नै दीपेन्द्रसिंह ऐरी ४६, कप्तान रोहितकमार पौडले ५९ र आसिफ शेख ६९औं स्थानमा छन्। पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान तल झर्दा रोहितले चार र आसिफले दुई स्थान सुधार गरेका छन्।

टीट्वेन्टी ब्याटिङको वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड छन्। यस्तै भारतका सूर्यकुमार यादव दोस्रो, इङ्ल्यान्डका फिल साल्ट तेस्रो, पाकिस्तानका बाबर आजम चौथो र पाकिस्तानकै मोहमद रिजवान पाँचौं स्थानमा छन्।

टीट्वेन्टी बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ६१ र सोमपाल कामी ९२औं स्थानमा छन्। दीपेन्द्र तीन स्थान तल झर्दा सोमपालले भने तीन स्थान सुधार गरेका छन्। टीट्वेन्टी बलिङतर्फको शीर्षस्थानमा इङ्ल्यान्डका अदिल रसिद छन्। वेस्ट इन्डिजका गुडाकेस मोटी दोस्रो, श्रीलंकाका महेश थिक्सना तेस्रो, वेस्ट इन्डिजका अकिल हुसेन चौथो र अफगानिस्तानका रासिद खान पाँचौं स्थानमा छन्।

यसैगरी टीट्वेन्टी अलराउन्डरतर्फ दीपेन्द्र दोस्रो स्थानमा यथावत छन्। यसैगरी गुलसन झा ४०, कुशल मल्ल ४३, कुशल भुर्तेल ५०, रोहितकुमार पौडेल ५१, करण केसी ६९औं स्थानमा छन्। गुलसनले ११ स्थान सुधार गर्दा कुशलले सात र करणले चार स्थान सुधार गरेका छन्। टीट्वेन्टी अलराउन्डरको शीर्ष स्थानमा इङ्ल्यान्डका लियाम लिभिङस्टोन छन् र तेस्रो स्थानमा भारतका हार्दिक पान्ड्या छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.