मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव चलिरहेको छ। मुस्ताङ जिल्लाको पर्यटन प्रबद्र्धन तथा यहाँको धार्मिक संस्कृतिक र ऐतिहासिक एवं हिमाली क्षेत्रको जैविक विविधता र मौलिकतालाई चित्रमार्फत विश्व समुदायमाझ उजागर गर्ने उद्देश्यसहित प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको हो।

अक्टोबर १८ देखि २४ तारिखसम्मका लागि आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव बिहीबारसम्म सकिने छ। होटल ओम होम्स, रेड हाउस र ठमेल भिल्लाका प्रोपाइटर त्रिपल गुरुङको प्रायोजनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा नेपाल पर्यटन बोर्डको साझेदारी रहेको छ। मुस्ताङमा आयोजित पर्वतीय चित्रकला महोत्सवलाई युरोपेली युनियन, स्वीस सरकार विकास सहयोग (एसडिसी), दलाई ला, यति एअरलाइनस, शेर्पा ब्रअरी, हार्मोनिक लिबरेसन र होटल मस्याङ्दी लगायत सहयोगीका रूपमा छन्।

मुस्ताङमा पहिलोपटक आयोजना गरिएको यसप्रकारको पर्वतीय चित्रकला महोत्सवलाई परीक्षणका रूपमा हेरिएको छ। मुस्ताङको समग्र विविधितालाई चित्रकलामार्फत उजागर गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय मुलुकका ७ जना ख्यातिप्राप्त चित्रकारहरूलाई मुस्ताङ ल्याइएको कार्यक्रमका सहजकर्ता महेन्द्र गुरुङले जानकारी दिए। पर्वतीय कला महोत्सवमा नेपालका चर्चित ९ जना चित्रकारहरूले पनि सहभागिता जनाएको सहजकर्ता गुरुङले बताए।

मुस्ताङमा आयोजित चित्रकला महोत्सवमा थाईल्याण्ड,पोल्याण्ड, रोमानिया, भुटान, इन्डोनेसिया र ताइवानका चर्चित चित्रकारहरूको समावेश रहेको छ। 
यसैगरी नेपालबाट सिर्जनराज भण्डारी, इभाना ताम्राकार, हरेराम जोजु, एनबि गुरुङ, वाङ लामा, धोज गुरुङ, मनोज तामाङ, आकाश गुरुङ र नवीन नाल्बोले आफ्नो प्रतिभा बाँडेको सहजकर्ता गुरुङको भनाइ छ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी,घरपझोङ–५ ठिनी र घरपझोङ–४ जोमसोममा अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.