चिनियाँ नागरिकसँग बाल विवाह गराइदिने बाबुसहित आठ पक्राउ

चिनियाँ नागरिकसँग बाल विवाह गराइदिने बाबुसहित आठ पक्राउ
बाल विवाह गराएको अभियोगमा पक्राउ परेका तीन  चिनियाँ नागरिकसहितका अभियुक्तहरू। तस्बिर : रत्नप्रसाद आचार्य।
सुन्नुहोस्

धरान : विदेशी नागरिकसँग बालविवाह गराउने बाबुसहित आठजनालाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। धनकुटाको छथर जोरपाटी-२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बाल विवाह गराउने उनीहरूलाई सुनसरीको चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्। 

किशोरीलाई घरबाट ललाइफकाइ लगी चतरास्थित औलिया बाबाको मन्दिरमा बाल विवाह भइरहेको छ भन्ने विशेष  सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी तिमल्सिनाले बताए। यस कार्यमा सम्लग्न तीन चिनियाँ नागरिक र ६ नेपालीलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए। 

अभियुक्तहरूले धनकुटा छथर जोरपाटी-२ की १६ वर्षकी बालिकालाई  चिनको हुबेल बस्ने ३३ वर्षीय  लि  टेङसँग बाल विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको डिएसपी तिमल्सिनाले बताए।

प्रहरीले उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, बेहुला चाइनिज नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका-९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्री विक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका-१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ , अरु दुई चाइनिज नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए। 

नेपालको कानुन अनुसार केटा केटीको विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ। कानुन विपरीत विभिन्न जिल्लाका व्यक्तिहरूले किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गरेको पाइएको सुनसरीका प्रहरी पर्मुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले पक्राउ परेका आठै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.