कालीकोटमा बाइक दुर्घटना, एकजनाको मृत्यु

कालीकोटमा बाइक दुर्घटना, एकजनाको मृत्यु
सुन्नुहोस्

कालीकोट : कालीकोट  सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ का २८ वर्षीया खेमराज बुढाको बाइक दुर्घटनामा परेर घटनास्थलमै  मृत्यु भएको छ।  कालीकोटको रास्कोटबाट मामा नाता पर्ने बाजुरा जगनाथ गाउँपालिका वडा नं ४ निबासी  खडकबहादुर भण्डारीलाइ पुर्याउन जाने क्रममा  बाइक चालक  बुढाको  दुर्टनामा भइ मृत्यु भएको हो। 

खुलालु हिल्सा कर्णाली करिडोर अन्तरगत बाजुरा जगनाथ वडा नं ५ भुकाखोला नजिक दुर्घटना हुँदा  बुढाको  मृत्यु भएको हो।  बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार  गिरीले बुधबार राति ९ बजेतिर दुर्घटनामा परेको भए पनि अपठेरो भीरबाट तीन सय मिटर तल खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको  बताए । 

उनले रास्कोटबाट नगर प्रहरी र बाजुरा कोल्टीबाट प्रहरी घटनास्थल गएर उद्धार गरेको बताए।   बाइकमा सवार जडिबुटी ब्यवसायी भण्डारी र बाइक भने सडक छेउमै पल्टिएको छ।  पछाडी बसेका बाजुरा जगनाथ गापा वडा नं ४ नाराकोटका ३७ वर्षका  खडकबहादुर भण्डारीको घुँडामा सामान्य चोट लागेको छ। थप घटनाका विषयमा अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.