फोनप्वाइन्ट्ससँग इसेवाको प्रारम्भिक साझेदारी

फोनप्वाइन्ट्ससँग इसेवाको प्रारम्भिक साझेदारी
सुन्नुहोस्

काठमाडौं : नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनप्वाइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ। फोनप्वाइन्ट्सले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यावसायिक अनुभव प्रदान गर्ने गरेको छ। 

प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेको प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोनप्वाइन्ट्सले प्रदान गर्दछ।

फोनप्वाइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यावसायिक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्टस् (जसलाई "फोनप्वाइन्ट्स" पनि भनिन्छ) आर्जन गर्न सक्नेछन्। फोनप्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लोयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकीकृत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरी आकर्षक अफर, छुट तथा उपहारहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको छ। एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ।

फोनप्वाइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लोयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्छ। 

फोनप्वाइन्ट्सका सीईयो सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ। यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ। यो प्रक्रिया सिधै फोनप्वाइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरिकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुको साथै फोनप्वाइन्ट्सको विस्तार गर्न सहयोग गर्न सक्ने कुरामा जोड दिएका छन्। 

प्रयोगकर्ताहरूले फोनप्वाइन्ट्स वा पार्टनर एप मार्फत आफूले कमाएको फोन प्वाइन्टस्‌को विवरण हेर्न, विभिन्न अफर अवलोकन गर्दै फोनप्वाइन्ट्स प्रयोग गरि आफूले चाहेको अफरहरु प्राप्त गर्न सक्नेछन् जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.