युवा संघ नेपालले एआई सम्मेलन गर्दै, उच्च स्तरीय विदेशी विज्ञसहित प्रतिनिधि सहभागी हुने

युवा संघ नेपालले एआई सम्मेलन गर्दै, उच्च स्तरीय विदेशी विज्ञसहित प्रतिनिधि सहभागी हुने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।

संघले कात्तिक ११ र १२ गते काठमाडौंको कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। एआई विज्ञताका रूपमा विभिन्न देशबाट विज्ञसहित प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको अध्यक्ष थेवेले बताए। सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ। सम्मेलनमा एक हजार जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले ल्याएको हरेक नेपालीको सपना (समृद्द नेपाल र सुखी नेपाली) सम्म पुग्नका लागि चाहिने डिजिटल नेपालको अवधारणाको सुरुवात गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने पनि अध्यक्ष थेवेले बताए।  

उच्च स्तरीय विभिन्न क्षेत्रका विदेशी विज्ञहरू भौतिक रूपमा सहभागी हुने सो कार्यक्रममा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन्। त्यस्तै १ हजार जना भौतिक रूपमा सहभागी भएपनि विश्वभरिबाट भर्चुअल रूपमा १ करोडभन्दा बढी प्रतिनिधिले सहभागी जनाउनेछन्। 

यस कार्यक्रमबाट नेपाल सरकारको डिजिटल नेपालको योजना पूरा गर्नको लागि पहिलो सुरुवातका रूपमा यो एआई कन्फ्रेन्सले नेपाल र नेपाल सरकारको एआई पोलिसी र नेसनल स्ट्राटेजि निर्माण गर्ने विषयमा धारणा क्लियर गरेर अगाडि बढ्न एआई कन्फ्रेन्सले मुख्य भूमिका खेल्ने अध्यक्ष थेवेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.