अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि फर्किएनन्, कार्यालयमा तालाबन्दी

अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि फर्किएनन्, कार्यालयमा तालाबन्दी
सुन्नुहोस्

धरान : नौ महिनाअघि अमेरिका गएका वडाध्यक्ष कार्यालयमा नफर्किएपछि आक्रोसित बनेका गाउँबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। खोटाङको साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटुवाल  अमेरिकाबाट वडामा नफर्केपछि वडा कार्यालयमा तालाबन्दी गरिएको छ। 

वडाध्यक्ष कटुवाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएपछि जनताको दैनिक कामकाज प्रभावित बनेको एमाले नेता गोपी खड्काले बताए।  वडाध्यक्ष कटुवाल वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्म वडा कार्यालयमा ताला लगाएको उनले बताए।   

यसअघि वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाइएको समितिले वडाध्यक्ष कटुवाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो। वडाध्यक्षलाई पटक पटक अल्टिमेटम दिँदा पनि कार्यालय नफर्केपछि ताला लगाउन बाध्य भएको पूर्ववडाध्यक्ष तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले बताए।

वडाध्यक्ष कटुवाल अनुपस्थित हुँदा जनतालाई दिइने सम्पूर्ण सेवा सुविधादेखि विकास निर्माण लगायत सम्पूर्ण कार्यमा अवरोध पुगिरहेको उनको भनाइ छ। वडाध्यक्ष कार्यालयमा अनुपस्थित भएको विषयमा यसअघि नै निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा निकासका लागि  जानकारी गराएको भएपनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ। 

वडाध्यक्ष कटुवाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।  तर कार्यालयमा तालाबन्दी गर्न  माओवादी पार्टीका नेता कार्यकर्ता पनि सहभागी थिए। माओवादीसँगै, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेर वडाध्यक्षको विरोध गरेको छ।

वडाध्यक्ष कटुवाल ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए। कार्यालयमा अनुपस्थित भएका वडाध्यक्ष  कटुवाललाई तत्काल कार्यालयमा हाजिर हुन र हाजिर नभए राजीनामा दिएर मार्ग प्रशस्त गर्न वडाबासीले माग गरेका छन्। साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले वडा कार्यालयमा लगाइएको ताला खोलेर जनताको दैनिक कामकाज सुचारु गर्न आन्दोलन पक्षसँग छलफल गरी सहमतिमा ल्याउने पहल भइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.