साफ महिला च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध भुटानको १३ गोल
काठमाडौं :साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमामा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको खेलमा माल्दिभ्सलाई १३-० गोलले पराजित गरेको हो।
भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् भने पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १-१ गोल गरिन्।
यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर समूह ‘बी’को शीर्षस्थानमा उक्लिएको छ। नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ। लगातार तीन खेलमा पराजित माल्दिभ्स गोलविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ। आज हुने अर्को खेलमा नेपालले ५:३० बजे श्रीलंकासँग खेल्दैछ।