बालिका बलात्कारमा सशस्त्र प्रहरीको संलग्नता
दाङ : बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार र जवान पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका दाङ २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको जनाइएको छ।
गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको उनीहरूलाई आरोप लागेको छ। भालुबाङ क्षेत्रमा दोशीलाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका छन्।