पहिलो हाफमा नेपाललाई ४-० गोलको अग्रता (फोटो फिचर)
काठमाडौं : महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकासँगको खेलमा नेपालले ४-० गोलको अग्रता लिएको छ। पहिलो हाफको खेलमा नेपालले ४-० गोलको अग्रता लिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे। रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे।