प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले दियो एक करोड
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन्।