झापा–११ बेलबारी गोल्डकपको फाइनलमा

झापा–११ बेलबारी गोल्डकपको फाइनलमा
सुन्नुहोस्

विराटनगर : झापा–११ मोरङको बेलबारीमा जारी ७ औं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बेलबारी–११ लक्ष्मीमार्गमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै झापा उपाधिनजिक पुगेको हो। झापाको जितमा आशिष चापागाईं नायक बने। दुवै गोल उनले गरेका हुन्। 

खेलको २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ७५ औं मिनेटमा बुटवलका डिफेन्स एनमेन्डी इबोसिइको डी–बक्सभित्र ‘हेन्ड’ भएपछि झापाले पेनाल्टी सुटको अवसर प्राप्त गरेको थियो। पेनाल्टीमार्फत आशिषले अग्रतालाई दोब्बर पारे। 

८९ औं मिनेटमो पाएको गोलको राम्रो अवसरबाट बुटवल चुक्यो। एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएको थियो। गोल गर्ने अन्य अवसर खेल जानु बुटवलका लागि दुर्भाग्यपूर्ण बन्यो। 

खेलको म्यान अफ दी म्याच आशिषले नगद ५ हजार र ट्रफी प्राप्त गरेका छन्। उनलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पुरस्कार प्रदान गरे। 

एलएक्स सीटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइलन खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र सिराहाको सलहेस फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ। दोस्रो सेमिफाइनलको विजेतासँग झापा–११ ले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्ने छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.