आम्मामा ! गोलभेंडा किलोकै २००

तरकारीको मूल्य आकाशियो

आम्मामा ! गोलभेंडा किलोकै २००
फाइल तस्बिर।

काठमाडौं : ठ्याक्कै १ महिनाअघि असोज १० देखि १३ गतेसम्म देशव्यापी अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले विशेष गरेर ताजा तरकारी र फलफूल आपूर्ति घट्यो। बजारमा हात्तै मूल्य बढ्यो। तर, अवस्था सहज भएपछि भाउ घट्ला भन्ने उपभोक्ताको आस यत्तिबेला बगरबास भएको छ। रातदिन भान्सामा चाहिने गोलभेंडाकै भाउ सुन्दा जिब्रो टोक्नुपर्ने अवस्था छ। 

महिना अघिदेखि निरन्तर मूल्य आकासिएको छ। अहिले त झन् चाडपर्वको मध्य भएकाले पनि बजारमा तरकारीको मूल्य छोइसक्नु छैन। सानो लोकल र टनेलको गोलभेंडाकै थोक बजार मूल्यप्रति किलोग्राम १५० रुपैयाँदेखि १८० रुपैयाँसम्म पुगेको छ। लामो समयदेखि गोलभेंडाको थोक औसत मूल्य १२५ हाराहारीमा छ। थोक (होलसेल) पसलको मूल्य नै अचाक्लि वृद्धि भएपछि किराना पसलको मूल्य ठाउँ नै पिच्छे प्रतिकिलोग्राम २५० रुपैयाँसम्ममा ग्राहकले किन्न बाध्य छन्। जबकी १ महिनाअघि वर्षा हुनुभन्दाको अघिल्लो दिन प्रतिकिलो औसत ३५ रुपैयाँदेखि ४५ रुपैयाँ हाराहारीमा सानो गोलभेंडा थोक मूल्यमा बिक्री भएको थियो। 

किराना पसलमा अधिकतम ५०–७० रुपैयाँसम्ममा बिक्री भएको थियो। तर, महिना दिनकै अन्तरमा टमाटरको मूल्य २०० प्रतिशतले वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा उल्लेख छ। यसैले गर्दा यतिबेला गोलभेंडाको स्वाद बिना तरकारी नरुच्नेलाई यो मूल्यले धेरै अप्ठ्यारो पुगेको ग्राहककै गुनासो सुनिन्छ। अझ तिहार नजिकिँदै गरेकाले झन् महँगोमा पर्न सक्ने चिन्ता उपभोक्तालाई थपिएको छ। 

प्रायः कालीमाटीमा मात्रै दैनिक ५०–६० टन सानो गोलभेंडा भित्रिने गरेकोमा अहिले दैनिक १५–२० टन मात्रै आगमन भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। उत्पादन कम भएर बजार आपूर्ति कम छ, तर माग यथावत् भएकाले पनि मूल्य घट्न नसकेको उनको भनाइ छ। 

समितिका सूचना अधिकारी श्रेष्ठ टमाटर भ्याली र धादिङ, काभे्र, मकवानपुर, ललितपुर, भक्तपुर जस्ता आसपासको जिल्लाबाट टनेलमा फलेको साना टमाटर नै बढी आएको बताउँछन्। उनकाअनुसार भारतमा नै टमाटरको मूल्य बढी भएकाले नेपालमा खासै भित्रिएको छैन। बरु नेपालबाट भारततर्फ जानसक्ने सम्भावना छ। यतिबेला तराईमा पनि टमाटर फलिसकेको छैन। तर, कात्तिक अन्तिमतिर तराईको गोलभेंडा आउने उनले जनाए। 

बजारमा टमाटर मात्रै होइन आलु, काउली, मूला, भन्टा, बोडी, घिउ सिमी, टाटे सिमी, लौका, करेला, चिचिन्डो, रायोसाग, कुरीलो, चुकुन्दरलगायतका सबै खाले हरियो तरकारीको भाउ आकासिएको छ। स्याउ, अनार, केरा, मौसम, जुनार लगायतका फलफूलको मूल्य पनि बढेको छ। समितिले सार्वजनिक गरेको ८९ प्रकारका तरकारी तथा फलफूलमध्ये एक महिनाको अन्तरमा ५७ थरिको मूल्य ४ प्रतिशतदेखि २ सय प्रतिशतसम्म बढेको छ। कुल वस्तुमध्ये १३ प्रकारका तरकारीको मूल्य तटस्थ देखियो भने १९ प्रकारको मूल्य मात्रै थोरै घटेको देखिन्छ।

यतिबेला सबैखाले तरकारीको सिजन जान लागेको र अलिअलि भएको पनि अघिल्लो महिनाको वर्षातले डुबानमा परेका कारण महँगो भएको श्रेष्ठको तर्क छ। ‘कृषि उपजका वस्तु आजको भोलि उत्पादन हँुदैनन्। कम्तीमा पनि ३–४ महिना पर्खनुपर्छ। उत्पादन सीमित छ। हाम्रो भान्छामा दैनिक नभई हुँदैन,’ उनले अन्नपूर्णसँग भने, ‘यतिबेला वर्षे तरकारीको पनि अन्त्य र हिउँदे तरकारी पनि नआइसकेको अवस्थाले बजार आपूर्ति कमजोर छ। यही बेला चाडपर्व पर्ने भएकाले नियमितभन्दा बढी माग हुँदा मूल्य बढेको हो। उत्पादनको दृष्टिकोणले अलिकति भ्याकुमको अवधि हो तर मागको हिसावले दबाब पर्ने सिजन प¥यो।’ महिनाको अन्तरमा कुन तरकारीको मूल्य कति बढ्यो ? 

 यतिबेला थोक बजारमै रातो आलुको मूल्य प्रतिकिलो औसत ८३ रुपैयाँ छ। महिनाको अन्तरमा यस्को मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। यस्तै, प्याज सुकेको प्रतिकेजी औसत १०२ रुपैयाँ हाराहारीमा छ। यसअघिको महिना किलोको ९० रुपैयाँ पर्ने काउली अहिले १ सय २० रुपैयाँ पुगेको छ। यस्तै, प्रतिकिलो औसत ३० रुपैयाँको रातोमुला अहिले ८३.३३ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ।। यस्तै सेतो मूला(हाइब्रीड) (केजी) २८.६७ रुपैयाँमा पाइरहेकोमा अहिले ४२ रुपैयाँ पुगेको छ।

एकमहिनामा भन्टा लाम्चो (केजी) १२० प्रतिशतले बढेको छ। असोज दोस्रो साता भन्टा लाम्चो २५ रुपैयाँमा पाइने अहिले ५५ रुपैयाँ पर्छ।यस्तै ३५ रुपैयाँको भन्टा डल्लो (केजी) अहिले ६५ रुपैयाँ पर्छ। यसबिच ८५.७१ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यसैगरी ६५ रुपैयाँको बोडी(तने) (केजी) अहिले ८५ प्रतिशतले बढेर १२० रुपैयाँ पुगेको छ। यतिबेला सिजनकै तरकार िहरियो फर्सी(डल्लो) (केजी) ३५ रुपैयाबाट बढेर ५५ रुपैयाँ पुगेको छ। कुरीलो पनि १२० प्रतिशतले बढेर प्रतिकेजी ४ सय ७७ रुपैयाँबाट १ हजार ५० रुपैयाँ पुगेको छ। ब्रोकाउली १४० रुपैयाँबाट बढेर प्रतिकिलो १९० रुपैयाँ पुगेको छ। हरियो धनिया (केजी)को ९५ रुपैयाँबाट ८६ प्रतिशतले बढेर १७७ रुपैयाँ पुगेको छ। ताजा माछा पनि प्रतिकेजी ३३५बाट बढेर ३५२ रुपैयाँ पुगेको छ। यसबाहेक मूल्य बढेका तरकारमिा क्रमशः मकै बोडी, घिउ सिमी, टाटे सिमी, भटमासकोशा, तितो करेला, लौका, परवर(लोकल), चिचिन्डो, घिरौला, फर्सी पाकेको, भिण्डी, पिंडालु, र राजा च्याउ कुरीलो, चुकुन्दर, जिरीको साग, सेलरी, पार्सले, पुदीना, गान्टे मूला, तामा,तोफु, स्याउ(झोले), अनार, सुन्तला(भारतीय) लगायतका तरकारी र फलफूलको मूल्यवृद्धि भएको छ। 

तरकारी तथा फलफूल ७ सय टनबाट घटेर दैनिक ५ सय ५१ टन आगमन कालीमाटी बजारमा सामान्यतया सिजनमा दैनिक ७ सय टन हाराहारीमा तरकारी भित्रिन्छ। समितिको तथ्यांकअनुसार बिहीबार सबैखाले तरकारी र फलफूल गरी ५ सय ५१ टन मात्रै कालिमाटीमा पुगेको थियो। अझ वर्षातले प्रभावित भएको बेला १ सयदेखि डेढ सय टनमात्रै भित्रिँदा धेरै अभाव देखिएको थियो र मूल्यमा चाप परेको थियो । 

बाहिरबाट तरकारी भित्रिने मुख्य बजार कालीमाटीमात्रै होइन। बल्खु, कोटेश्वर, बानेश्वर, नख्खु, मनहरालगायतका बजारमा पनि तरकारी बजार छन। किसान तथा व्यवसायीले ती बजारमा पनि सोझै तरकारी बेच्न लैजाने गरेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.