सत्ता गुमाएको आक्रोश पोख्न माओवादीको खबरदारी सभा

सत्ता गुमाएको आक्रोश पोख्न माओवादीको खबरदारी सभा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारको ‘हनिमुन पिरियड’ पूरा भए लगत्तै सरकारविरुद्ध माओवादी केन्द्र खबरदारी सभा गर्ने तयारीमा जुटेको छ। सरकारको गति र मति देश विरोधी रहेको भन्दै माओवादीले कात्तिक १० गते काठमाडौंमा विरोधका कार्यक्रम गर्न लागेको हो। तीन महिनायता माओवादी अध्यक्ष पुष्पकमल हाल(प्रचण्ड) सरकारविरुद्ध सुरुदेखि नै मोर्चाबन्दी गर्दै शक्ति आर्जन गर्ने ध्याउन्नमा छन््। एक प्रकारले उनले  समानान्तर छाया सरकारको अभ्यास गरेको देखिन्छ।

‘३२ सिटे जादु नम्बर’ले फेल खाएपछि असार २७ गते  प्रचण्डको सरकार ढलेको थियो । कांग्रेसको मुख्य समर्थमना ओली प्रधानमन्त्री भएका थिए । सरकारको नेतृत्वबाट हटेको पीडाबाट प्रचण्ड छटपटाउँदै आएका छन््। 

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेको बताउँदै आएका छन््। कात्तिक ६ गते पार्टी मुख्यालयमा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारबिरुद्ध अब सडकबाट जनतालाई अपिल गर्न ढिलाइ गर्न नहुने बताएका थिए। उनले भनेका थिए, ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोच हो। अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोच हटेको छैन।’ यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड््यन्त्र जारी नै रहेकोले यस्ता षड््यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी रहेको प्रचण्डको भनाइ थियो। खबरदारी सभा नजिकिएसँगै बिहीबार पार्टी मुख्यालमा माओवादीले पत्रकार सम्मेलनै गरेको थियो। पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न तथा प्राप्त उपलब्धिको रक्षा गर्न काठमाडौंमा खबरदारी सभा आयोजना गर्न लागिएको बताए। 

‘सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुग्यो’, प्रवक्ता सापकोटाले भने, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भयो।’ कात्तिक १० गते काठमाडौंको सुन्धाराबाट प्रदर्शनसहितको ¥याली निकाल्दैे प्रदर्शनी मार्गमा खबरदारी सभा गर्ने उनले बताए।

माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जिक्कर गर्दै आएको छ। 

सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड र चरित्र देखाएको प्रवक्ता सापकोटाले दाबी गरे। उनका अनुसार सहकारी ठगी प्रकरणमा कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरिएको छ।  माओवादी सरकारमा हुँदा दोषी कोही पनि न उम्कुन, निदोष कोही पनि न फस्नु भन्ने मान्यता सहित विना मोहमोलाइजा कारबाही सुरु गरेको थियो। तर, अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको छ।’ अहिलेको सरकारले पहिलेका सरकारले गरेको सुशासन र न्यायका कामहरूलाई उल्ट्याउने काम गरिरहेको उनले दाबी गरे।

सरकारको काम कारबाहीमा माओवादी केन्द्रसहितले असन्तुष्टि जनाउँदै यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्दै गुनासो पोखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.