अरिङ्गालले टोक्दा पाँचथरमा एक युवकको मृत्यु

अरिङ्गालले टोक्दा पाँचथरमा एक युवकको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

फिदिम : अरिङ्गालले टोकेर पाँचभरको फिदिममा एक युकको मृत्यु भएको छ।

अरिङ्गालले टोकेर बिरामी भएका फिदिम नगरपालिका ६ सिवाका मानबहादुर तुम्रोकका २६ वर्षीय छोरा सुभराजको तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

बुधबार साँझ जंगलमा रहेको अरिङ्गाल झार्ने क्रममा सुभराजलाई अरिङ्गालले टोक्दा घाइते भएका थिए । अरिङ्गालले टोकेर सिकिस्त भएका उनको बिहीवार घरमै मृत्यु भएको हो । 

अरिङ्गालको टोकाइबाट सिकिस्त बनेका सुभराजलाई गाउँकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला बिहीवार घरमै उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.