कुटपिट घटनाका आरोपितलाई कारवाहीको माग गर्दै लहानमा प्रदर्शन,हाइवे जाम

कुटपिट घटनाका आरोपितलाई कारवाहीको माग गर्दै लहानमा प्रदर्शन,हाइवे जाम
सुन्नुहोस्

सिरहा : नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघका जिल्ला सदस्यमाथि भएको कुटपिट घटनाका आरोपितलाई प्रहरीले कारवाही नगरेपछि नेविसंघ सिरहा आन्दोलित भएको छ।

null

यही कार्तिक ३ लहान नगरपालिका-१९ का नेविसंघ संघ जिल्ला सदस्य सन्तोष यादव (बुच्चा) माथि केही युवाको समूहले कुटपिट गरेका थिए । घरमै प्रवेश गरि कुटपिट हुदाँ पनि आरोपितलाई कारवाही नगरेपछि आन्दोलित भएको नेविसंघ जिल्ला सभापति पप्पु यादवले जानकारी गराए ।

सांकेतिक रुपमा इलाका प्रहरी कार्यालय लहान अगाडि कारवाहीको माग गर्दै प्रदर्शन र १ घण्टा हाईवे जाम गरेको सभापति यादवले बताए । कारवाही नभए थप आन्दोलन चरणवद्धरुपमा गर्ने उनले जानकारी गराए ।

null

प्रहरीले अन्य राजनीति दलका नेताको दबाबमा आरोपितलाई संरक्षण गरेको सभापति यादवको आरोप छ । 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.