औषधि छर्किने मेसिन बोकेर मुख्य सचिव अर्याल जुटे डेंगु नियन्त्रणमा


काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।  बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसँगै सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेको र यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो । सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ । 

सरकारको निर्णयसँगै ‘लामखुट्टे खोजी र नष्ट’अभियानअन्तर्गत आज बिहान सिंहदरबारमा समेत सरसफाइ गरिएको छ। सोही क्रममा मुख्य सचिव एकनारायण अर्याल औषधि छर्किने मेसिन बोकेर सरसफाइ अभियानमा जुटेका थिए। उनले कार्यालय परिसरमा जोखिमयुक्त स्थानमा डेंगु नियन्त्रणका लागि औषधि छर्केका थिए। 

यो रोग लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। यो एडिस एजप्टाइ/एलबोटिपक्टस जातको संक्रमित लामखु्ट्टेको टोकाइबाट मात्रै सर्दछ। डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्तरता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो। ईडिसीडीको तथ्यांकअनुसार डेंगु संक्रमणबाट हालसम्म ११ जनाले  ज्यान गुमाइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.