शितगंगामा प्लास्टिकका माला बिक्रीमा रोक

शितगंगामा प्लास्टिकका माला बिक्रीमा रोक
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले प्लास्टिकका मालाहरूको बिक्रीमा रोक लगाएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताए। नगरले एक सूचना जारी गर्दै स्थानीय फूलहरूको प्रवर्द्धन गर्नुका साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।

तिहारको समयमा प्लास्टिकका मालाहरूको प्रयोग बढ्ने हुँदा यसले वातावरणमा फोहोरको मात्रा वृद्धि गर्ने र स्थानीय फूलहरूको प्रयोग घटाउने गरेको देखिएको छ। नगरपालिकाको बैठकले उक्त निर्णय गर्दै सबै वडा कार्यालय, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए।

प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जिसीद्वारा हस्ताक्षरित पत्रमा यो निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरिएको छ। स्थानीय उत्पादनहरूको प्रवर्द्धनमा यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ, जसले स्थानीय फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ।

यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण कम गर्ने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने विश्वास नगरपालिकाको छ। साथै यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.