भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्न श्रम मन्त्रालयले गम्भीर छ : मन्त्री भण्डारी

सय दिनमा भएका क्रियाकलाप र उपलब्धिका विषयमा जानकारी

भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्न श्रम मन्त्रालयले गम्भीर छ : मन्त्री भण्डारी
सुन्नुहोस्

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारको सय दिनमा वैदेशिक रोजगारको क्षेत्रलाई सहज र मर्यादित बनाउने काम भएको बताएका छन्। मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलब्धिहरूका विषयमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्दै सहज र मर्यादित बनाउने काम भएको बताएका हुन्।

दुईपक्षीय श्रम सम्झौतालाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयमा द्विपक्षीय सम्झौता गर्न छुट्टै डेस्क स्थापना गरिएको, ओमानसँग पहिलो पटक द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरियासँग इपिएस सिष्टमलाई नवीकरण गर्न कार्यदलले काम गरेर अन्तिम चरणमा पुर्‍याएको र युरोपमा श्रम सम्झौता विस्तार गर्ने गरि काम भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, वैदेशिक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचारखर्चका साथै राहत रकम दिने काम सुरु गरेको उल्लेख गरे।

कुनै पनि देशमा वैधानिक रुपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि वैधानिक बनाउनका लागि नियोगहरूमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको उनको भनाई छ। उनले भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको जिकिर गरे।

मन्त्रालयले सबै स्थानीय तहबाट एकीकृत रोजगार सेवा बनाउने तयारी भएको, सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोरा छोरीको पनि बिमा गर्ने काम सुरु गरिएको जनाएको छ। त्यस्तै सबै प्रदेशमा व्यवसायिक सिप विका प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.