राष्ट्रिय मुक्ति पार्टी नेपालले दियो दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौं : राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। राजेन्द्र महतोको अध्यक्षतामा १७३ सदस्य केन्द्रीय कार्यसमिति रहने गरि दल दर्ताका लागी आयोगमा निवेदन दर्ता गराएको हो ।
पार्टीको चुनाव चिह्न माछा छाप राखिएको पार्टीका केन्द्रीय सदस्य केशव झाले बताए । आयात आकारमा रातो र कालो रंग हुने गरि पार्टीको झण्डा प्रस्ताव गरिरहेको उनले बताए ।
असोज १ गते महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपाल गठन भएको थियो । तर, निर्वाचन आयोगले ‘क्रान्ति’ भन्ने शब्द अस्वीकार गरेपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राखिएको नेता झाले जनाए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग मतभेद भएपछि वरिष्ठ नेता महतोले गत फागुनमा पार्टीबाट विद्रोह गरेका थिए। ६ महिनासम्म राष्ट्रिय मुक्ति क्रान्ति नामबाट राजनीतिक गतिविधि गर्दै त्यसैलाई पार्टीको रुप दिएका थिए ।