लुम्बिनी सरकारको पर्यटन प्रवर्द्धन अभियान : यो वर्ष ‘घुम्न जाउँ बर्दिया’

लुम्बिनी सरकारको पर्यटन प्रवर्द्धन अभियान : यो वर्ष ‘घुम्न जाउँ बर्दिया’
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गरेको छ। प्रदेश सरकारले यसवर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको छ। सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको छ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको उद्योग तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने उनले बताए। बर्दियाको ठाकुरद्धारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ। 

उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको बताए। ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरूलाई आकिर्षित गर्ने धेरै इभेन्टहरू छन्’, मन्त्री न्यौपानेले भने,‘यो वर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरूलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौँ।’ 

एक वर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरूका बारेमा पर्यटकहरूलाई जानकारी दिने गरि प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धित पक्षसँग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए।

‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरू ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरूका बारेमा सूचना प्रदान गरिनु पर्‍यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिइने छ’, मन्त्री न्यौपानेले भने, ‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरूलाई जानकारी गराउने काम हुनेछ।’

पर्यटकहरूको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाइने बाघ हो। बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरू बढ्ने गरेका छन्। जंगल सफारी गरेर बाघ लगायतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ। यसैगरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बा्हय पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ। 

यो घाटमा डल्फिन देखिने गरेको छ। यसैगरि बर्दियामा कृष्णसार देख्न सकिन्छ। कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ। यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरू पर्यटकहरूलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन्। यी होम स्टेहरूमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। 

यसैगरी व्यावसायिक रूपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थलहरू अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ। स्थानीय कला संस्कृति झल्कने थारू नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो। ‘बर्दियाामा मुख्यगरी बाघ हेर्न पाइन्छ, बाघ लगायत अरू जनावर जंगल सफारी गरेर हेर्न पाइन्छ’, मन्त्री न्यौपानेले भने,‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससँगै कृष्णसार, डल्फिनको अवलोकनसँगै यहाँका होम स्टेहरूमा पाइने स्थानीय परिकारको स्वाद तथा थारू संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरूको प्रवर्द्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ।’ यसैगरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्त्विक धार्मिक धामहरू समेत बर्दियाका थप आकर्षण हुन्। 

बर्दियामा पर्यटकहरू भित्र्याउनका लागि उद्योग , पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपूर प्रयोग गर्ने भएको छ। सामाजिक सञ्जाल मार्फत यहाँका पर्यटकीय थलोहरूका बारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रहरूका बारेमा विदेशी पाहुना पर्यटकहरूलाई जारी हुन जनाएको छ।

यसैगरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने भएको छ। स्थानीय तहहरूले पर्यटकीय स्थलको प्रचार प्रसारसँगै पर्यटकहरूको उचित बसोबासको व्यवस्थापनका लागि तथा पर्यटकीय स्थलहरूको अनुगमनका लागि समन्वय गर्ने छन्। यसैबीच मन्त्रालय र बर्दियाका स्थानीय तह तथा सरोकारवालाहरूबीच शुक्रबार बर्दियामा समन्वयात्मक बैठक समेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.