अवैधानिक संघसंस्थाबाट गरिने खेल प्रतियोगितामा रोक

अवैधानिक संघसंस्थाबाट गरिने खेल प्रतियोगितामा रोक
सुन्नुहोस्

उदयपुर : अवैधानिक संघसंस्था र क्लबबाट आयोजना गरिने खेलकुद प्रतियोगिताले विवाद सृजना गरेको र अन्ततः शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै उदयपुरको चौदण्डीगढी नगरपालिकाले त्यस्ता प्रतियोगितामा रोक लगाएको छ।

 
नगर स्तरीय खेलकुद विकास समितिले आयोजना गरेको छलफलमा नगरभित्र आयोजना हुने कुनै पनि खेलकुद प्रतियोगिता दर्ता बेगरका संघसंस्थाले सञ्चालन गर्न नपाउने र त्यस्ता संस्थालाई आर्थिक र भौतिक सहयोग पनि नगर्ने निर्णय गरेको हो। 

छलफलले आधिकारिक दर्ता भएका क्लबमार्फत नै प्रतियोगिता सञ्चालन गर्नु पर्ने निर्णय गरिएको समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिए। चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले दर्ता नभएका क्लब वा संघसंस्थाबाट प्रतियोगिता सञ्चालन हुँदा अधिकांश विवाद सृजना भएको र मुडभेडसमेत भएकाले समाधानका लागि विकल्प खोजिएको बताए। 

उनले भने, ‘प्रतियोगिता नै नगर्ने वा गर्न नदिने भन्दा पनि संस्था दर्ता गरेर आयोजना गर्दा त्यसको जिम्मेवारीको एक हिंसा नगरपालिका हुने भएकाले समितिको निर्णय कार्यान्वयनका लागि अनुरोध गर्दछु।’ नगरपालिकामा दर्ता गर्दा पालिका र वडा तहले समेत थोरबहुत सहयोग गर्ने भएको हुँदा सबै क्लबहरूलाई दर्ता गर्न उनले आग्रह गरे। 

‘विभिन्न निकायबाट आर्थिक सहयोग लिई नगरपालिकाका सबैजसो वडामा व्यक्ति, संघसंस्थाले खेलकुद प्रतियोगिता आयोजना गर्दै आएका छन्,’ मेयर लामाले भने, ‘तर, ती प्रतियोगितामा सधैँ झै–झगडा हुने, विवादले तोकिएको समयमा सम्पन्न नहुने, संकलित रकम पारदर्शितासमेत नभएको गुनासो बढेकाले यो निर्णयले बेथिति न्यूनीकरण र सुशासन कायम गर्न सघाउ पुर्याउछ।’

तर, परापूर्वकालदेखि सञ्चालित इतिहास बोकेका प्रतियोगिताको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र सञ्चालन गर्ने दिने निर्णय भएको अध्यक्ष मगरले बताए। छलफलले नगरपालिकामा आयोजना हुने खेल प्रतियोगितालाई व्यवस्थित बनाई सञ्चालनका लागि खेलकुद क्यालेन्डर निर्माण गरी कार्यान्वयन गरिने सचिव भास्कर चौधरीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.