टी ट्वान्टी महिला विश्वकपको अन्तरकथा

टी ट्वान्टी महिला विश्वकपको अन्तरकथा

सन् २००९ मा इङ्गल्यान्डबाट सुरु भएको टी ट्वान्टी महिला विश्वकप क्रिकेट प्रतियोगिताको नवौं संस्करण बंगलादेशमा आयोजना गर्ने निर्णय भयो। आईसीसीले डिसेम्बर २०२२ मा गरे पनि बंगलादेशको पछिल्लो राजनीतिक अस्थिरताका कारण अगस्ट २०२४ मा यसको आयोजना स्वतन्त्र स्थल यूएईमा सार्‍यो। 

आयोजकको अधिकार बंगलादेशलाई कायम नै राखेका कारण यूएई आयोजक देशका रूपमा स्वतः छनोट हुन पाएन। ३ देखि २० अक्टोबरसम्म सञ्चालित यस विश्वकपमा १० टोली सहभागी थिए भने कुल २३ खेलमध्ये दुबई र शारजाह क्रिकेट रंगशालामा क्रमशः १२ र ११ खेल खेलाइए। यस पटकदेखि महिला विश्वकप विजेता, उपविजेता टोलीले पुरुषहरूकै बराबरीजसो क्रमशः २.३४ मिलियन डलर र १.१७ मिलियन डलर पाउने व्यवस्था गरियो।

आयोजकको हैसियतमा बंगलादेशसहित २०२३ विश्वकपबाट स्वतः छनोट ६ वटा टोली (अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिन्याड र वेष्ट इन्डिज), आईसीसीको वरीयतामा उत्कृष्ट थप एक टोली (पाकिस्तान) एवं विश्वकप छनोट प्रतियोगिताबाट बाँकी दुई टोली ( श्रीलंका र स्कटल्यान्ड) सहभागी थियो। स्कटल्यान्ड नवप्रवेशी टोली थियो। न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई फाइनल खेलमा ३२ रनले हराई न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेर विश्वकप जित्ने चौथो राष्ट्र बन्यो। २०२६ महिला विश्वकप इङ्ल्ल्यान्डमा आयोजना हुनेछ।

समूह चरण ः समूह चरणको पहिलो हप्तामा प्रतियोगिताकै पहिलो खेलमा बंगलादेशले नवप्रवेशी स्कटल्यान्डलाई १६ रनले पराजित गर्‍यो। अर्को दिन दक्षिण अफ्रिकाले नोनकुलुलेको म्लाबाको उत्कृष्ट बलिङ (४-२९) को मद्दतमा वेस्ट इन्डिजलाई ११८ रनमा खुम्च्याउन सफल भयो, जवाफीमा दक्षिण अफ्रिकाले बिना कुनै विकेट अठारौं ओभरमा लक्ष्य पार गर्‍यो। ६ अक्टोबरका दिन चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेलमा भारतले ७ बल बाँकी छँदै ६ विकेटले जित हात पार्‍यो। ८ अक्टोबरको दिन ट्रान्सटस्मानियन देशबीचको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डबीचको खेलमा ६० रनको अन्तरले पराजित गर्‍यो। अर्को दिन दक्षिण अफ्रिकाले स्कटल्यान्डलाई र भारतले   श्रीलंकालाई भारी अन्तर (क्रमशः ८० र ८२ रनले) पराजित गर्‍यो।

दोस्रो हप्तामा अक्टोबर १३ को दिन इङ्गल्यान्ड र स्कटल्यान्डबीचको खेलमा इङ्गल्यान्डका माइया बाउचियर र ड्यानी वायट हजको अविजित अर्धशतकको मद्दतमा स्कटल्यान्डलाई दस विकेटले पराजित गर्‍यो। यसै दिन अस्ट्रेलियाले भारतलाई ९ रनको झिनोअन्तरले हराई सेमिफाइनल पुग्ने पहिलो राष्ट्र बन्यो। १४ अक्टोबरको दिन न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्‍यो। यस खेलमा १११ रनको लक्ष्य पछ्याउन आएको पाकिस्तान केवल ५६ रनमा समेटियो। जुन टी २० महिला विश्वकपकै दोस्रो कम योगफल हो। यस खेलको अन्त्यपछि न्युजिल्यान्ड सेमीमा प्रवेश गर्‍यो भने पाकिस्तानसँगै भारत पनि समूह चरणबाट आउट भयो।

१५ अक्टोबरमा समूह चरणको अन्तिम खेलमा इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको खेलमा सेमीमा पुग्न दुवैलाई जित्नैपर्ने दबाब थियो। पहिलो इनिङ नाट सिभर ब्रुन्टको अविजित ५७ रनको मद्दतमा इङ्गल्यान्डले १४२ रनको लक्ष्य दियो। जवाफीमा वेस्ट इन्डिजका क्वियाना र हेयले म्याथ्युज दुवैजनाको अर्धशतकीय पारीको मद्दतले १२ बल बाँकी छँदै वेस्ट इन्डिजले लक्ष्य भेट्टाई सेमी प्रवेश गर्‍यो भने खेलकै दौरान रन रेटको आधारमा दक्षिण अफ्रिका पनि सेमिफाइनलमा प्रवेश पाइसकेको थियो। 

सेमिफाइनल अनि फाइनल : दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित हासिल गर्‍यो। यस जितमा दक्षिण अफ्रिकाका एनेके बोस्कको अविजित ७४ रनको योगदान थियो। यसरी दक्षिण अफ्रिका लगातार दोस्रोचोटी फाइनल पुग्यो। दोस्रो सेमिफाइनल निकै प्रतिस्पर्धात्मक रह्यो। वेस्ट इन्डिजका डियान्द्रा डोट्टिनको उत्कृष्ट बलिङ (४-२२) को मद्दतमा न्युजिल्यान्डलाई १२८ रनमा समेटे पनि जवाफीमा आएका वेस्ट इन्डिज केवल १२० रनमा समेटियो। जसमा न्युजिल्यान्डका इडेन कार्सनको उत्कृष्ट बलिङ (३-२९) को महŒवपूर्ण योगदान थियो। यसरी न्युजिल्यान्ड २०१० विश्वकपपछि तेस्रो चोटी फाइनल पुग्यो।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको फाइनल खेल एकपक्षीय जस्तै भयो। पहिलो पारीमा एमेलिया कर र ब्रुक हाल्लिडेबीचको ५७ रनको साझेदारीमा न्युजिल्यान्डले १५९ को लक्ष्य दियो। जवाफीमा आएको दक्षिण अफ्रिकाले ५१ रनसम्म विकेट नगुमाई उत्कृष्ट थालनी गरे पनि, त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउँदै गयो र खेल ३२ रनले हार्न पुग्यो। यसरी तेस्रो चोटीको प्रयासमा न्युजिल्यान्ड विश्व च्याम्पियन बन्न सफल भयो भने दक्षिण अफ्रिका लगातार दोस्रोपटक विश्वविजेता बन्न असफल भयो। फाइनल खेलमा न्युजिल्यान्डका एमेलिया कर प्लेयर अफ म्याच (३८ बलमा ४३ रन र ३-२४) भइन्।

प्रतियोगिताभरिमै सर्वाधिक १५ विकेट लिएकी एमेलिया कर नै प्लेयर अफ द टुर्नामेन्ट पनि भइन्। यसरी एकैव्यक्ति फाइनल खेल र प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी बनेर टी २० महिला विश्वकपको इतिहासमा कीर्तिमान खडा गरिन्। र, एमेलियाले एकै प्रतियोगितामा सर्वाधिक १५ विकेट लिने खेलाडीका रूपमा कीर्तिमान पनि राखिन्। यसअघि २०१४ महिला विश्वकपमा इङ्गल्यान्डका आन्या स्रुबसोल र २०२० महिला विश्वकपमा इङ्गल्यान्डकै सोफी इक्लेस्टोनले प्रतियोगिताभरि समान १३ विकेट लिएका थिए। यस प्रतियोगितामा दक्षिण अफ्रिकाका लाउरा उल्भार्डट सर्वाधिक रन (२२३ रन) बनाउने खेलाडी बनिन्। 

सारांशमा टी २० महिला विश्वकप ः नवौं संस्करणसम्ममा केवल १२ टोली (राष्ट्र)ले सहभागिता जनाउन सफल भएको छ। अस्ट्रेलिया, इङ्गल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, भारत, दक्षिण अफ्रिका,   श्रीलंका र पाकिस्तान गरी ८ टोलीले मात्र सबै संस्करणमा सहभागिता जनाउन सफल भयो भने पाकिस्तान र   श्रीलंका दुई टोलीले कहिल्यै समूह चरण पार लगाउन सकेन। २००९ विश्वकपमा ८ टोलीबाट सुरु गरिएको टी २० महिला विश्वकप २०१४ महिला विश्वकपदेखि १४ टोलीमा पुर्‍याइएको थियो भने अर्को संस्करण (२०३० विश्वकप) देखि १६ टोली पुर्‍याइँदैछ। २०१४ विश्वकपमा बंगलादेश र आयरल्यान्ड, २०२० विश्वकपमा थाइल्यान्ड र यसपटक स्कटल्यान्ड नवप्रवेशी टोलीका रूपमा सहभागिता जनायो। पहिलो संस्करणको महिला विश्वकप आयोजक राष्ट्र  इङ्गल्यान्ड नै जितेको थियो। यसपछि २०२० महिला विश्वकपमात्र आयोजक अस्ट्रेलियाले जित्न सक्यो।

हालसम्म इङ्गल्यान्ड, अस्ट्रेलिया, वेस्टइन्डिज र यसपटक न्युजिल्यान्ड गरी ४ टोलीले मात्र उपाधि जित्न सफल भएको छ। यसमध्ये अस्ट्रेलियाले २०१०, २०१२ र २०१४ एवंपछि २०१८, २०२० र २०२३ गरी लगातार दुई चोटी उपाधि माथि ह्याट्रिक गर्न सफल भयो। साबिक विजेतामध्ये इङ्गल्यान्ड २०१० विश्वकपमा समूह चरणबाटै, २०१६ विश्वकपमा अस्ट्रेलिया फाइनलमा पराजित, २०१८ विश्वकपमा वेस्ट इन्डिज र यसपटक २०२४ विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट आउट भयो। अहिलेसम्म अस्ट्रेलिया सबै संस्करणमा सेमिफाइनलसम्म पुग्न सफल भएको छ। 

नवौं संस्करणसम्ममा टिमका रूपमा उच्चस्कोर २०२३ विश्वकपमा इङ्गल्यान्डले पाकिस्तानविरुद्ध पाँच विकेटको क्षतिमा २१३ बनायो भने टी २० महिला विश्वकपको इतिहासमा दुई सय रन पार गर्ने पहिलो र एक्लो टिम हो। व्यक्तिगततर्पm २०१४ विश्वकपमा अस्ट्रेलियाका मेग ल्यानिङले आयरल्यान्डविरुद्ध ६५ बलमा १२६ रन बनाउन सफल भइन्। 

यसअघि वेस्ट इन्डिजका दियान्द्रा डोट्टिनले २०१० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४५ बलमा अविजित ११२ रन बनाएका थिइन्। टिमका रूपमा हालसम्म कम स्कोर २०१८ विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजविरुद्ध १४.४ ओभरमा केवल ४६ रन मात्र बनाउन सफल भएको थियो। बलिङतर्K वेस्ट इन्डिजका दियान्द्रा डोट्टिनले २०१८ विश्वकपमा बंगलादेशविरुद्धको खेलमा ३.४ ओभरमा केवल ५ रन दिएर ५ विकेट लिन सफल भइन्।

यसअघि २०१६ विश्वकपमा दक्षिण अफ्रिकाका सुने लुसले आयरल्यान्डविरुद्ध ४ ओभरमा ८ रन दिएर ५ विकेट लिन सफल भइन्। एकै प्रतियोगितामा सर्वाधिक रनको कीर्तिमान २०२० विश्वकपमा अस्ट्रेलियाकी बेथ मुनेले २५९ रन बनाएकी थिइन्। २०१८ विश्वकपमा २२५ रन बनाएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल अस्ट्रेलियाकी एलिसा हिली २०२० विश्वकपको फाइनलको उत्कृष्ट खेलाडी (७५ रन र १ क्याच) बन्न सफल भएकी थिइन् भने २०२० विश्वकपमा २५९ रन बनाएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल अस्ट्रेलियाकी बेथ मुने २०२३ विश्वकपको फाइनलको उत्कृष्ट खेलाडी (७४ रन) बनिन्। सफल अष्ट्रेलियाकी एसलेई गार्डनर यसअघि २०१८ विश्वकपको फाइनलको उत्कृष्ट खेलाडी (३३ रन र ३ विकेट) बनेकी थिइन्। २०१४, २०१८, २०२० र २०२३ विश्वकप विजेता टोलीको कप्तान अस्ट्रेलियाका मेग ल्यानिङ हालसम्मकै सफल कप्तान हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.