दाङमा जीप दुर्घटना : २ जनाको मृत्यु, ३ गम्भीर घाइते

दाङमा जीप दुर्घटना : २ जनाको मृत्यु, ३ गम्भीर घाइते

दाङ :  दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती राजमार्गको तुलसीपुर कपुरकोट सडकखण्डको सात तलेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटनामा भएको हो। जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिपमा ५ जना सवार रहेको र अरु तीन जना पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका-६ की देवा वली, उनको छोरा महेश वली र जिवन वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा रिफर गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.