काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन

काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन

काठमाडौं : सरकारको ‘हनिमुन पिरियड’ पूरा भए लगत्तै सरकारविरुद्ध माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन गरेको छ। नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गसम्म पुगेको हो।

nullजुलुसमा माओवादी केन्द्रका पदाधिकारीसमेत सहभागी छन्। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्न लागेको जनाएको छ। तीन महिनायता माओवादी अध्यक्ष प्रचण्ड सरकारविरुद्ध सुरुदेखि नै मोर्चाबन्दी गर्दै शक्ति आर्जन गर्ने ध्याउन्नमा छन्।

सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । 

त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपीडितहरुका समस्या समाधानका लागि आवाज बुलन्दसहित नाराबाजी गर्दै प्रदर्शन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.