हामीले केही भनेकै छैनौं, सरकार ढल्छ भनेर आतंक छ : प्रचण्ड

हामीले केही भनेकै छैनौं, सरकार ढल्छ भनेर आतंक छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार ढल्ने आतंक मच्चिनुमा आफूहरूको कुनै भूमिका नरहेको प्रष्ट पारेका छन्। शनिबार पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष दाहालले सत्तापक्षधरहरूले नै सरकार ढल्ने आतंक मच्चाएको बताए। 'हामीले सरकार ढल्छ भनेकै छैनौं। तर उनीहरूमा आतंक मच्चिएको छ। सत्तापक्षधरहरूले नै सरकार ढल्ने आतंक मच्चाइरहेका छन्,' उनले भने।

उनले सरकारले बाढी पहिरोको क्रममा चरम लापरबाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनःस्थापनामा लापरबाही नगरोस् भनेर खबदारी गरे।
 

आफूहरूले खबरदारी सभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उनले बताए।

'हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौं। बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो,' उनले भने। माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरूले दलाल र पूँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए।

भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के-के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए। अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.